बिहानै लमजुङ केन्द्र भएर ५.८ रेक्टरको भुकम्प : जनजीवन त्रसित, क्षतीको विवरण आउँदै

मूलखबर संवाददाता
लमजुङ, ४ जेठ ।

गण्डकी प्रदेशको लमजुङ जिल्ला केन्द्र भएर बुधबार विहानै शक्तिशाली भुकम्प गएको छ । जिल्लाको मस्र्याङदी गाउँपालिकाको भुलभुले केन्द्र भएको भुकप्को धक्काले काठमाडौ उपत्यका सहित नेपाल र भारतसम्म कम्पन पैदा गरेको थियो ।

विहान ५ बजेर ४३ मिनेटमा गएको भुकम्पले आसपासको जनजीवन त्रसित बनेको र घरबाट सबै मानिसहरु आतंकीत भएर बाहीर निस्केका थिए ।
भुकम्पका कारण केही घरहरु भत्किएको समाचार आएको छ भने यो समाचार तयार पार्दसम्म मानविय क्षतीको खबर आएको छैन ।

भुकम्पबाट मरस्याङ्दी ३ खुदी तरापुमा बासुदेव खत्रीको घर भत्किएको र बेशिसहर नपा चनौटेमा घर भत्कियर १ जना घाइते भएको खबर छ ।

बेशिसहर नपा चनौटेमा घर भत्कियर १ जना घाइते