
चिकित्सकको सिफारिस बिना अक्सिजन सिलिण्डर नराख्नु
स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिस बिना कसैले पनि घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न भनेको छ ।
आज सार्वजनिक सूचना जारी गदै मन्त्रालयले आफूसँग भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन मुख्य सचिव स्तरीय निर्णय भएको भन्दै अनुरोध गरेको छ ।
सरकारले अस्पतालहरुमा अक्सीजनको माग अनुसारको पुर्ती गर्न नसकेपछि यस्तो सूचना जारी गरेको हो । विरामीहरुले अक्सीजन नपाएकै कारण दिनहुँ दर्जनौं जनाले ज्यान गुमाइरहेका छन् ।
