माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली स्पष्ट अल्पमतमा

मूलखबर संवाददाता
काठमाडौं, २१ बैसाख ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय औपचारिक रुपमा गरेपछि ओली नेतृत्वको सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ । दुईतिहाई मतको सरकारको नेतृत् भएको दावी गर्दै आएका एमाले अध्यक्ष के पी शर्मा ओली अब अल्पमतको सरकारका प्रधानमन्त्री सावीत भएका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र बुधबार संसद् सचिवालयमा दिनेछौं,ु उनले बताए । श्रेष्ठले लुम्बीनी प्रदेशमा ओली नेतृत्व मण्डलीले गरेको हर्कत लोकतन्त्र र संविधानविरोधी भएकाले अब ओली नेतृत्वलाई दिएको समर्थन फिर्ता लिनैपर्ने अवस्था सिर्जना भएको बताए ।