२४ घण्टामा देशभर थपिए ७४४८ जना, कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

मूलखबर संवाददाता
काठमाडौं, २० बैसाख ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२, कास्कीमा ३५५, चितवनमा १७५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा १२७, काभ्रेपलाञ्चोकमा ११९, कपिलवस्तुमा ११५, सुनसरीमा ११२ र दाङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा र पर्सामा ९७र९७ जना, पाल्पामा ९३, कञ्‍चनपुरमा ६०, झापामा ४८, मकवानपुर र बर्दियामा ४४र४४ जना, नवलपरासी पश्‍चिममा ४२, नुवाकोटमा ३९, सिन्धुपाल्चोकमा ३२, गोरखा र सल्यानमा ३१र३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ३०, बैतडीमा २८, सिरहामा २७, डडेल्धुरामा २६, धादिङमा २५, म्‍याग्दी, नवलपरासी पूर्व र अर्घाखाँचीमा २४र२४ जना, सप्तरीमा २१, सर्लाही र लम्जुङमा २०र२० जना, गुल्मीमा १९, बारा र तनहुँमा १८र१८ जना, रौतहटमा १७, सिन्धुलीमा १६, जुम्लामा १५,पर्वतमा १४, उदयपुर र सल्यानमा १२र१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवासभामा १३, धनकुटा, रामेछाप र रोल्पामा १०र१० जना, प्युठानमा ८, बागलुङमा ९, खोटाङ र अछाममा ६र६ जना, तेह्रथुम र दैलेखमा ५र५ जना, इलाम, ताप्लेजुङ, भोजपुर र रसुवामा ४र४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी पाँचथर, सुर्खेत र दार्चुलामा ३र३ जना, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मुस्ताङ, रूकुम पूर्व, कालीकोट, मुगु, हुम्ला र डोटीमा २र२ जना र रूकुम पश्चिम, बझाङ र बाजुरामा १र१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १५६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४२९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ।