
नेपालमा एकै दिन ७ हजार १३७ मा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु
पछिल्लो २४ घन्टामा थप सात हजार एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार एक सय ४७ पिसिआर परीक्षणबाट आइतबार सात हजार एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । तीन हजार तीन सय २५ संक्रमितको मृत्यु भएको छ ।
