निर्वाचन अायाेगले खारेज गर्याे १४५ नं काे नेकपाकाे दर्ता : माअाेवादी केन्द्र र एमाले कायम

मूलखबर संवाददाता
काठमाडौं, २५ फागुन

निर्वाचन अायाेगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको छ ।  फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।