कुलमानलाई ऊर्जा मन्त्रालयले पठायो ४ बुँदे स्पष्टिकरण पत्र
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रीपरिषदको निर्णय अनुसार कुलमानलार्य हटाउने उद्धेश्यले बिहीबार मन्त्रालयले ४ वटा बुँदामा सफाइ पेस गर्न पत्र पठाएको हो ।
ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले बुधबार घिसिङलाई हटाउन तीनदिने स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई दिने निर्णय गरेको थियो । निर्णयअनुसार मन्त्रालयले घिसिङलाई पत्र पठाएको हो । पत्रमा घिसिङको नियुक्ति किन रद्द नगर्ने र प्राधिकरणका कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै प्रश्न गरिएको छ ।



