सर्वोच्चले फुटाइदिएपछि माअाेवादी केन्द्रकाे पहिलाे स्थायी समिति बैठकमा के भयाे ?

मूलखबर संवाददाता
काठमाडौं, २५ फागुन
  1.  सर्वोच्च अदालतले नेकपा माअाेवादी केन्द्र र एमालेलाई फरक फरक पार्टीको रूपमा रहन निर्देशन दिने फैसला गरेपछि पहिलोपटक बसेकाे नेकपा माअाेवादी केन्द्रकाे स्थायी समिति बैठक पेरिसडाँडामा बस्याे ।    नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ ।  मंगलबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘बैठकले अहिलेको सन्दर्भमा संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग छलफल, वार्ता अगाडि बढाउने निर्णय गरेको छ,’ श्रेष्ठले भने ।

नेकपा एमालेसँग पनि वार्ता हुने तर मुख्य जोड कांग्रेस र जसपासँग हुने श्रेष्ठले बताए । साथै बैठकले पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक र चैत १ कार्यकर्ता भेलाको पनि आयोजना गरेको उनले बताए ।

मंगलबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको श्रेष्ठको भनाई छ । माओवादीबाट सरकारमा रहेका मन्त्रीले पछिल्लो परिस्थिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको श्रेष्ठले बताए । त्यसपछि मात्रै पार्टीले थप निर्णय गर्ने भएको छ ।