सरकारको कदमविरुद्ध मानव साङलो बनाएर टुँडिखेल घेर्यो नेकपाले

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ७ फागुन ।

सरकारले गरेको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा आन्दोलनमा उत्रिएको नेकपाले विहिबार राजधानीको टुँडिखेलमा मानब साङलो बनाएर घेरेर विरोध प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक, निरंकुश एवं प्रतिगामी कदम तथा महँगी र भ्रष्टचारकाविरुद्ध टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको हो ।
तेश्रो चरणको आन्दोलनको पहिलो दिन मानव साङलो बनाएर टुँडिखेल घेरेको नेकपाले आगामी दिनमा झन कडा आन्दोलन गर्ने योजना समेत बनाएको छ ।

घेराउका क्रममा संसद पुनस्र्थापना गर्नुपर्ने, महंगी रोक्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।