नेकपाकाेे अामसभा : अहिलेसम्मकै ठूलाे, २ लाख बढि सहभागी ( फाेटाेफिचर)

मूलखबर संवाददाता
काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड -माधव) समूहले बुधबार काठमाडौंमा अहिलेसम्मकै ठूलाे विरोध सभा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।

पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व विभिन्न नेताहरूले गरेका थिए । सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत भएको थियो । सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , माधव नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गरेका थिए ।

राजधानीमा दाेश्राे जनअान्दाेलन पछि पहिलाेपटक यति धेरै मानिस उपस्थित भएर अान्दाेलन गरेकाे विश्लेषण गरिएको छ । अामसभामा दुईलाख बढि उपस्थित रहेकाे दावी अायाेजक पक्षले गरेको छ ।