सहिद वेपत्ता परिवारले भने-हाम्रो रगतले लेखिएको संविधान कुल्चनेे हाेसियार !
सहिद र वेपत्ता परिवारले सरकारकाे प्रतिगामी कदमकाे विरूद्व राजधानीमा र्याली र काेणसभा गरेका छन् । उनीहरूले सहिदको रगतले लेखिएको संविधानकाे रक्षार्थ अाफूहरू सडकमा अाउन बाध्य भएको बताएका छन् ।
बबरमहलदेखि बानेश्वरसम्म प्लेकार्ड, नारा जुलुससहित र्याली गरेका उनिहरूले वेपत्ता नागरिकको सार्वजनिक गराउन दबाब समेत दिएका छन् ।
सहिद तथा वेपत्ता परिवार समाज बागमती प्रदेशकाे अायाेजनामा सम्पन्न कार्यक्रममा पुर्वमन्त्री तथा माअाेवादी नेता शक्ति बस्नेतले सरकारकाे कदमले जनयुद्धको बलमा प्राप्त उपलव्धीमाथि बलात्कार भएकाे भन्दै यसले सहिद र वेपत्ता याेद्वाहरूकाे अपमान भएको बताएका थिए ।
फाेटाेफिचर : ( तस्बिर साैजन्य – सुरेन्द्र बस्नेत )