आम हड्ताल सफल पार्न प्रचण्ड नै नारा लगाउँदै निस्किए सडकमा, लोकतन्त्र बचाउन बाध्यता हो, सहयोग गर्नुस् : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २२ माघ ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारा लगाउँदै सडकमा निस्किएका छन् । सरकारले गरेको असंवैधानिक ढंगको नियुक्तीलगायतका विषयहरु र संसद विघटनको विरुद्धमा नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आम हडातालको दिन सातदोबाटोस्थित सडकमा प्रचण्ड आन्दोलनकारी सँगै नारा लगाइरहेको भेटिए । उनले आफूहरु लोकतन्त्र बचाउन सडकमा आउनुपेको र आम हडतालसम्म गर्नुपरेको बाध्यता सुनाउँदै आम जनतालाई आम हडताल सफल पार्न अपील पनि गरेका छन् ।

विहानैदेखि राजधानी लगायतका मुख्य शहरहरु प्रभावित बनेका छन् ।

बिहीबार विहानैदेखि राजधानीका सडक र चोकहरुमा जुलुसहरु निकालिएका छन् भने यातायात पुर्ण रुपमा बन्द छन् । हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै कम चलेका छन्।

बिहानैदेखि हड्ताल सफल बनाउन चोकचोकमा निस्केका नेकपाका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य र अमृता थापा लगायतका नेताहरु पक्राउ गरेको छ भने चावहिलबाट कृष्ण केसीलगायतका नेताहरु तथा बागबजारबाट रमेश मल्ललगायतका नेताहरु, गोगंबुबाट दर्जनौं विद्याथीका नेताहरु पक्राउ गरेको छ । प्रहरीले ५७ जना कार्यकर्तालाई पक्राउ गरेको बताए पनि आन्दाृलनकारीहरुले संख्या धेरै रहेको र पक्राउ गर्ने क्रम बढिरहेको भन्दै धरपकड रोक्न चेतावनी दिएका छन् ।

काठमाडौंको कोटेश्वर, बानेश्वर, सातदोबाटो, पुल्चोक, बागबजार, कलंकी, सामाखुशी, महाराजगञ्जलगायतका स्थानमा सयौं कार्यकर्ताहरु सडकमा निस्केर बन्द गराइरहेका छन् ।

बन्दका क्रममा चितवन, हेटौंडा, दाङ, धनगढी, नेपालगञ्न, विराटनगर, विरगञ्ज लगायतका शहरहरुमा प्रदर्शन भइरहेका छन् । विरगञ्जबाट थुप्रै नेता कार्यकर्ताहरु पक्राउ गरेको आन्दोलनकारीहरुले जनाएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेकी नेतृ पम्फा भुषलले आन्दोलन र बन्द पूर्ण रुपमा शान्तिपूरर्ण हुने बताएकी छिन् । उनले सरकराले आन्दोलन भड्काउन दमन र बल प्रयोग गरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् भने आन्दोलनकारी कार्यकर्ताहरुलार्य संयमित हुन अपील पनि गरेकी छिन् ।

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरिएको प्रहरीले जनाएको छ । प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । ट्याक्सी धादिङका खुम्बु श्रेष्ठको रहेको बताइएको छ । ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै दाहाल(नेपाल समूहले आज देशब्यापी आम हड्तालको घोषणा गरेको हो।

हड्तालमा बन्द प्रभावकारी बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ। तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी समेत परिचालन गरेको छ।

दाहाल(नेपाल समूहले आम हड्तालका कारण जनतामा पर्ने असहजताका निम्ति क्षमाचायना गरेको छ। आज अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै क्षेत्र बन्द हुने संघर्ष समितिले जनाएको छ। आगामी २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम पनि यथावत नै राखिएको छ।