प्रतिगमनविरूद्व सहिद, वेपत्ताका परिवारहरूले माघ २६ गते प्रदर्शन गर्दै
जनयुद्धमा अाफ्नाे परिवार र अाफन्त गुमाएका सहिद तथा वेपत्ता परिवारहरूले केपी अाेलीकाे प्रतिगामी कदमविरूद्व राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।
अाफ्ना परिवारका सदस्यहरूकाे वलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र र नयाँ संविधानमाथि केपी अाेली सरकारले बलात्कार गरेकोमा अाक्राेशीत उनीहरूले यहि माघ २६ गते बबरमहलदेखि बानेश्वरसम्म बृहत् र्यालीसहितकाे प्रदर्शन र काेणसभा गर्न लागेका हुन् ।
सहिद तथा वेपत्ता याेद्वा परिवार बागमती प्रदेशकाे अायाेजनामा हुन लागेकाे र्याली र विराे प्रदर्शनमा सहिद परिवार, वेपत्ता याेद्वाका परिवार, सहिद सन्ततीहरूकाे संगठन, विद्यार्थी, मजदुर, महिला र विभिन्न जातिय माेर्चाहरूले सहभागीता जनाउने अायाेजक संस्थाकी सदस्य तथा संविधानसभा सभासद लक्ष्मी गुरूङले बताईन् ।
उनका अनुसार केपी अाेलीले जनयुद्धको अपमान गरेकोे, सहिदहरूलाई अपमान गरेको र सहिदहरूकाे रगाले लेखिएको संविधानलाई कुल्चिएका कारण अाफूहरू सडकमा अाउनुपर्ने बाध्यता भएकाे हाे । उनलेे पार्टीको निर्देशनमा नभई परिवारहरू स्वतस्फुर्त अान्दाेलनमा अाएकाे बताईन् ।
उनिहरूले सर्वाेच्च अदालतले पनि संविधानविराेधी हर्कतलाई मान्यता दिन नहुने चेतावनी दिएका छन् ।