प्रधानमन्त्री के पी ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दर्ता

मूलखबर संवाददाता
काठमाडौं, १३ माघ ।

कामचलाउ प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

आफ्नै दलमा अल्पमतमा परेर संसद विघटन गरी पाटी विभाजन गरेका प्रधानमन्त्री केपी ओलीले न्यायाधिशहरुमाथि समेत लान्छना लगाउने गरी अभिव्यक्ति दिएको भनि विववादमा तानिएका थिए ।

ओलीले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्नेगरी बोलेको र कानुन व्यवसायीलाई मानमर्दन हुने गरी बोलेको भन्दै कुमार आचार्यले

आइतबार र कञ्चन न्यौपानेले सोमबार अदालतमा निवेदन दिएका थिए ।
सोही निवेदनपछि मंगलबार ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता भएको हो । ओलीले पटकपटक प्रतिनिधिसभा पुनस्थापना नहुने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

<script data-ad-client=”ca-pub-6367543728382523″ async src=”https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js”></script>

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

‘खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’, निवेदनमा भनिएको छ।