नेपालमा कोरोना : २४ घण्टामा थपिए ३३९ नयाँ संक्रमित, १० ले गुमाए ज्यान

मूलखबर संवाददाता
काठमाडौं, १३ माघ

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ४८५८ पीसीआर परीक्षण भएकोमा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।