प्रेस संगठन नेपालकाे दाेश्राे राष्ट्रिय भेला राजधानीमा

मूलखबर संवाददाता
काठमाडौं

नेकपा सम्वद्व  पत्रकारहरूकाे संस्था प्रेस संगठन नेपालले दाेश्राे राष्ट्रिय भेला अायाेजना गरेकोे छ । सरकारले चालेको असंवैधानिक कदम खारेजीको मागलाई उठाउँदै अाएकाे उक्त संगठनले माघ ६ गते राजधानीमा र्याली सहित राष्ट्रिय भेलाकाे अायाेजना गरेकोे हाे ।

भेलालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताले सम्वाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

विहान ११ बजे भृकुटीमण्डपबाट र्याली प्रदर्शन गर्दै कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा ११:३०मा  भेलाकाे उद्घाटन गरिने बताईएकाे छ ।

भेलामा सहभागी हुन देशभरबाट पत्रकारहरू राजधानीमा केन्द्रीत भईसकेका छन् ।