नेकपाको दोश्रो चरणको आन्दोेलनको स्वरुप कस्तो छ ?

मूलखबर संवाददाता
काठमाडौं, १९ पुस ।

संसद विघटनलाई असंवैधानिक कदम भन्दै विरोधमा उत्रिएको नेकपाले दोश्रो चरणको आनदोलनको कार्यक्रम सार्वजनीक गरेको छ । पहिलो चरणको आन्दोलनका कार्यक्रम सफल भएको दावी सहित नेकपाले घोषणा गरेको दोश्रो चरणको आन्दोलन वडाकेन्द्रीत रहेको छ ।

  • पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
  • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन
  • पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया
  • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
  • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
  • २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
  • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
  • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला
  • २  माघमा सबै वडामा विरोध प्रदर्शन र सभा
  • ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा
  • १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा
  • २२ माघमा वडा तहमा मसाल जुलुस
  • २३ माघमा राजधानीमा विरोध प्रदर्शन