नेकपाले दाेश्राे चरणको संघर्षको कार्यक्रम घाेषणा गर्दै

मूलखबर संवाददाता
काठमाडौं, १८ पुस

प्रधानमन्त्री केपी अाेलीले गरेकोे हठात् प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको उक्त समूहले दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्न लागेको हो ।

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ । प्रचण्ड-नेपाल समूहले सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा अन्य दलसँग गरिएको छलफल गरेको थियो । तर तत्काल सहमति नबनेपछि आज एक्लैले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो ।

अबको कार्यक्रममा वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिले जनाएको छ । यस विषयमा छलफल गर्न समितिको बैठक बिहान ११ बजे बस्ने तयारी छ । प्रधानमन्त्री ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव (वैशाख १७ र २७) घोषणा गरेपछि सत्तारूढ नेकपा विभाजित बनेको छ ।