संसद बिघटनका सबै रिटको सुनुवाई प्रधान न्यायधिशको एक बेन्चमा

मूलखबर संवाददाता
काठमाडौं, ८ पुस

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाई प्रधानन्यायाधिश चालेन्द्र प्रसाद जवराको एकल इजलासमा राखीएको छ ।

रिट निवेदनहरुमा सुनुवाइ प्रारम्भ भएको छ । सो सम्बन्धमा परेका १२ वटा रिटमाथि प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जबराको एकल बेन्चमा सुनुवाइ भईरहेको र अहिले तेस्रो रिटसम्म सुनुवाइ भईरहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो ।

कोभिडका कारण इजलस कक्षमा जम्मा २६ जनामात्र रहन सक्ने अबस्था रहेको र त्यहाँ १२ जना रिट निवेदक रहेकोले धेरै आउजाउ र भीड नहुने व्यबस्था मिलाइएको हुँदा कति जनाले बहसमा भाग लिनु हुने छ भन्ने एकिन गर्न नसकिएको उहाँले बताउनुभयो ।

सुनुवाइ कति समय चल्छ भन्ने अहिले भन्न नसकिने उहाँले बताउनुभयो ।