दशैँ, कोरोना र स्वास्थ्य

रामहरि अधिकारी

हेर्दा हेर्दे नेपालीहरुको सवैभन्दा ठूलो २०७७ को दशैँ चाड पनि आइपुग्यो । तर सम्पूर्ण विश्वकोलागि संत्रास वोकेर आएको कोरोना महामारीले गर्दा यसपटकको दशैं अरुवेला जस्तो उत्साहपुर्ण छैन । दशैँ मनाउँदा हामीले असाध्य ख्याल गर्नु पर्नेछ । दशैँको वेला हाम्रो खानपान, सामाजिक व्यवहार र स्वास्थ्यमा ख्याल नगर्दा कतै हाम्रो दशैँ दशा सावित नहोस् ।

यसपालिको दशैँमा के के कुरामा जोखिम छ ?

नेपालीहरुकै सवैभन्दा ठूलो चाड भएकोले मानिसहरु यतिवेला शहरवाट गाउँ जाने, विदेशवाट स्वदेश आउने, किनमेल गर्न वजार जाने आदि गर्छन र एकै ठाउँमा सयौँ हजारौँ मान्छेको भिडभाड हुने गर्छ । तर अहिले विश्वका अन्य देशमा झैँ नेपालमा पनि कोरोनाको संक्रमण अति तिव्ररुपमा फैलिरहेको छ । यस्तो वेला पोहोर जस्तो मान्छेहरुको आवतजावत र चहलपहल छैन। तर पनि आमनेपालीको प्रचलन र सामाजिक आवश्यकताका कारण थोरै भएपनि आवत जावत गरिरहेका छन् ।
त्यसैले गर्दा यस्तो भिडभाडमा यो रोगको संक्रमण ज्यादा हुने भएकोले हामी जोखिमको अवस्थामा छौँ ।
अहिले शहरमा संक्रमणको दर उच्च रहँदा यतिवेला गाउँ एक हदसम्म सुरक्षित थियो । त्यहाँका ज्येष्ठनागरिक र वालवालिकाहरु पनि अरु भन्दा केहि सुरक्षित नै थिए । तर शहरवाट गाउँ जाँदा मानिसहरुले संक्रमण साथैमा लगेर घरका वुढावुढी र वाल वालिकाहरुमा पनि संक्रमण वढ्ने हो कि भन्ने त्रास वढेको छ ।

आम दशैँ जस्तै मानिसहरु सामाजिक दूरी कायम नगरिकन भिडभाड गर्ने, जुवा तास खेल्ने आदि गर्यौं भने उमेरदार जवानहरुलाई पनि कोरोनाले भेट्न सक्छ । यति वेला कसले कोसित भेट्रयो पहिचान गर्न नसकिने भएकोले कन्ट्रयाक्ट ट्रेसिंग गरेर सम्भावित संक्रमित छुट्रयाउन र संक्रमणको श्रोत पत्तालगाउन पनि कठिन हुन्छ । र संक्रमण खडेरीको वेला परालमा आगो लगाए झैँ फैलिन सक्छ ।

हाल संक्रमण वढ्रदै जाँदा लक्षण सहितका विरामी वढेकोले तिनलाई अस्पताल भर्ना गर्नु पर्ने र अवस्था जटिल भै अक्सिजन लगाउनु पर्ने, आइसियुमा राख्नु पर्ने र भेन्टिलेटरको प्रयोग गर्नु पर्ने विरामीहरुको संख्या ह्वात्तै वढेको छ । र यहि कारण शहरका विरामीहरुले अस्पतालमा भर्ना पाउन छोडेका छन् । आइसियु वेड र भेन्टिलेटर पाउन ठूला वडाको शक्ति लगाउन पर्ने भएको छ र नसक्नेहरुले वाटोमै मृत्यूवरण गरेका खवरहरु आईरहेका छन् ।

दशैँकै कारण यहि अवस्था गाउंमा पुग्यो भने शहरकै विरामीले नपाएको सुविधा गाउँमा कसरी पुग्ला र ।
अर्को कुरा भनेको दशैँ भनेको ऋण धन जसरी भएपनि परिवार र आफन्तसंग वसेर मिठो मसिनो खाने चाड हो । यस्तो वेला माछामासु , चिल्लो पिरो र मसालेदार खाना, मदिराजन्य पेयपदार्थको व्यापक खानपान हुन्छ । मान्छेले हरेक खाना अन्यवेला भन्दा धेरै खाने गर्छन् र शरीरिक अभ्यास हुने काम चाहिँ कम गर्दछन् ।

यसले गर्दा खाना अपच हुने, खानामा विषाक्तता हुने, ( Food Poisoning), रगतमा चिनिको मात्रा वढ्ने जस्ता समस्याहरु देखिन सक्छ ।

दशैँ वालवाकिलकाहरुको पनि प्रिय चाड हो । यतिवेला विद्यालयको पठनपाठन वन्द हुन्छ । अनि शहरमा घर हुने वा परिवारसित डेरा वा छात्राबासमा घर वाहिर वस्ने वालवालिकाहरु आफ्रनो गाउँघरमा जाने गर्दछन् र गाउँघरका साथीभाईसंग खेलकुद र रमाइलो गर्न पाउँदा मक्ख पर्छन् । दशैँमा आफन्तको घर जाने, मान्यजनको घरमा टिका लगाउने, दक्षिणा जम्मा गर्ने आदिले उनीहरुलाई पढाइको वोझ विर्सने र सामाजिकरण गराउने काम पनि गर्दछ ।

तर यसपालि ति सवै कुरा असम्भव प्राय हुनाले गर्दा वाल ववालिकाहरुमा मानसिक तनाव पनि देखिन सक्छ ।
यस्तो वेला हामीले कल्पना गरेभन्दा कैयौँ गुणा भयावह अवस्था आउन सक्छ ।

स्वास्थ्यको हिसावले जति जोखिमपुर्ण भएपनि यस्तो वेला दशैँ नै नमनाउनुस् भनेर भन्न सकिन्न । तर सकेसम्म सावधानी अपनाएर दशैँ मनाउन भने अवश्य सकिन्छ ।
दशैँलाई कसरी सुरक्षित रुपमा मनाउने त ?

निम्न कुरामा ख्याल गरि दशैँ मनाउँदा दशैँको समयमा वा यसपछि आउन सक्ने संकटलाई हामी कम गर्न सकिन्छ ।

१. आफूजति सुकै स्वस्थ्य भए पनि जति वेला पनि स्रक्रमित हुन सक्छु भन्ने सम्झेर व्यवहार गर्ने ।
२. घरमा अति आवश्यक औषधि तथा प्राथमिक उपचारका सामाग्रीहरुको सानो झोला वनाएर राख्ने, अन्यत्र रात वस्ने गरि जानु परेमा पनि सो झोलासंगै लिएर जाने ।
२. आफूसंग हरेक समय नजिकको चिकित्सक, नर्स, अस्पताल प्रयोगशाला, औषधिपसल, एम्वुलेन्सको फोन नम्वर सुरक्षित राख्ने ।
४. जोसुकै नजिकमा भएपनि सामाजिक दूरी कायम गर्ने ।
५. मास्कको हरदम प्रयोग गर्ने । भिडभाडमा वस्दै नवस्ने । आफूसंग जगेडा मास्क लिएर राख्ने । यौटाले प्रयोग गरेको मास्क अरुले प्रयोग नगर्ने । मास्क राम्रोसंग मुख नाक वन्द हुने गरेर लगाउने ।
५. स्यानिटाइजरको प्रयोग गर्ने । घर वा जता जाँदा पनि स्पानिटाइजर लिएर जान सके राम्रो हुन्छ ।
६. गाडी चड्नु पर्दा आफ्रनो निजि गाडी छ भने गाडीको सिट, ढोका, ह्यान्डल आदि राम्ररी निःसंक्रामक घोलले निःस्रक्रमण गरेर मात्र चढ्ने । नचिनेका मान्छेलाई नचढाउने । एक रोमा एक जना भन्दा वढी नवस्ने ।
७. सार्वजनिक गाडी चढ्नु परेमा पनि भिडभाड गरेर नचढ्ने । सिटमा एक अर्कासित नटाँसिइकन वस्ने । संगैको यात्रुले मास्क नलगाएको भए उसलाई आफैँले भए पनि मास्क दिएर लगाउन भन्ने । गाडीमा थुक सिंगान , खकार जथाभावी नफाल्ने, फाल्न नदिने । झ्रयाल खुला राख्ने ।
८. सकेसम्म अर्काको घरमा नजाने , गइहाले पनि वास नवस्ने ।
९. वृद्धवृद्धा, गर्भवती, रोगी, साना वालवालिकालाई अनावश्यक रुपमा कसैको पनि निकट सम्पर्कमा आउन नदिने ।
९. पैसाको सट्टा सकेसम्म ईसेवा वा अनलाइन वा कार्डवाट कारोवार गर्ने ।
१०. मोवाइल, एटिएम कार्ड आदि हरेक कुरा वाह्य सम्पर्कमा आउँदा वित्तिकै स्यानिटाइज गर्ने ।
११. तरकारी फलफूल किनेर ल्याएपछि राम्रोसित निःसंक्रमण गरेर मात्र भान्सा भित्र ल्याउने ।
१२. तातो भोल र तागतीला पदार्थ प्रशस्त पिउने ।
१३. जडिवुटीजन्य पेय पदार्थहरु पिउनु राम्रो हुन्छ ।
१४. वढी चिल्लो, धेरै चिसो र गरिष्ट (पचाउन गाह्रो हुने ) खानाहरु सकेसम्म कम गर्ने । वासि खाना नखाने । एकै पटक धेरै नखाने ।
१५ हरियो साग सव्जि, फलफूल र दुधजन्य पदार्थमा जोड दिने ।
१६. मादक पदार्थको सेवन कम गर्ने ।
१७. हरेक मानिसलाई स्वस्थ्य जीवन विताउन शारीरिक अभ्यासको जरुरत पर्दछ । मोटोपन ज्यादा भएका, रक्तचाप, मुटु. चिनिको रोग हुनेहरुलाई त यो झन् जरुरी हुन्छ । तर घर वाहिर जाने अवस्थामा घरको कम्पाउण्ड भित्रै वा कोठा भित्रै पनि विभिन्न अभ्यास गर्न सकिन्छ ।
१८. नियमित ध्यान योगा गर्ने । यसको वारेमा ज्ञान नभए युट्युव हेरेर सिक्न सकिन्छ ।
१९. घर वा गाउँतिर जाँदा उपयोगी किताव डायरी लैजाने, खाली समयमा लेख्ने पढ्ने कामगर्ने ।
२०.कोठामा घेरै जना नवस्ने , हावा खेल्ने कोठामा वस्ने, सुत्ने ।
२१. वालवालिकाहरुलाई कथा सुनाएर वा विभिन्न खेल खेलाएर रमाइलो वातावरण वनाइ उनीहरुलाई व्यस्त राख्ने । पुरै परिवार वसेर रमाईला टिभि कार्यक्रम वा चलचित्र हेरेर, गीत सुनेर, नाचगान गरेर अनि आफन्त साथीभाई, दिदीवैनीसित विद्युतिय माध्यमवाटै कुरा गरेर पनि रमाईलोसित समय विताउन सकिन्छ ।
२२. विहान चाँडो उठ्रने र वेलुका पनि चाँडो सुत्ने ।
२३. आफूलाई वा परिवारका कसैलाई ज्वरो वा अन्य असामान्य लक्षण दखिए तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ।
यति काम गर्न सके समुदायमा फैलने संक्रमणलाई कम गर्न सकिन्छ र सुरक्षित र स्वस्थ्य दशैँ मनाउन सकिन्छ ।
तर आफूले जानेका र अभ्यास गरेका कुरा अरुलाई पनि वताएर र गर्न उत्प्रेरित गरेर सम्पूर्ण समुदायको दशैँ रमाइलो वनाउन सकिन्छ ।

रामहरि अधिकारी
दोर्दी १, लमजुंग

मितिः २०७७ साल कार्तिक ७ गते फूलपाती पर्व