नवनियुक्त मन्त्रीहरुले माक्स लगाएरै लिए सपथ

मूलखबर संवाददाता
काठमाडौं, २९ असोज ।

प्रधानमन्त्री के पी शर्मा ओलीको मन्त्रीपरिषद विस्तार भएको छ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रीपरिषद विस्तारले बैधानिकता पाएको हो ।

बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्।

सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर र तीन मन्त्रीको नयाँ नियुक्ति गरेका थिए।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।