नेकपा प्रमुख सचेतक देब गुरूङमा पनि काेराेना देखियाे, स्वास्थ्य सामान्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं संसदीय दलको मुख्य सचेतकएवम् लमजुङबाट संघीय प्रतिनिधि सभाका सांसद देव गुरुङलाई काेराेना संक्रमण देखिएकाे छ ।
उनको सचिवालयले साे कुराकाे पुष्टि गरेको हाे । केही दिनदेखि सामान्य ज्वराे अाएपछि स्वाव परिक्षण गर्दा काेभिड १९ देखिएकाे गुरूङका स्वकीय सचिव कमल खड्काले बताए । तर उनकी पत्नी तथा सांसद यशाेदा सुवेदीको भने स्वाव परिक्षणकाे रिपोर्ट अाउन बाँकी रहेकाे उनले बताएका छन् । केही सञ्चार माध्यमबाट सुवेदीलाई पनि काेराेना संक्रमण भएको भनेर समाचार अाईरहेका बेला खड्काले साे प्रष्ट पारेका हुन्
खड्काले साे विषयमा सामाजिक सञ्जालमा लेखेका छन् –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं संसदीय दलको मुख्य सचेतक मा. देव गुरुङ ज्यूलाई
कोभिड-१९ पोजेटिभ देखिएको हुँदा केही दिनदेखि उहाँको सम्पर्कमा रहनु भएका सबै साथीहरु सतर्क र सुरक्षित रहन अनुरोध गरिन्छ, हाल उहाको स्वास्थ्य अवस्था सामान्य नै छ, साथै माननीयज्यूकाे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
माननीय यशोदा गुरुङ सुवेदीज्यूले आज दिउँसो (२०७७/०६/२७ गते) पिसिआर टेस्ट गर्नुभएको र हाल सम्म रिपोर्ट आएको छैन, तथापि हाल उहाको स्वास्थ्य अवस्था सामान्य छ । कतिपय अनलाईन मिडियामा माननीय यशोदा गुरुङ सुवेदीज्यूको समेत कोभिड-१९ पोजेटिभ रिपोर्ट आएको भन्ने न्युज असत्य रहेको जानकारी गराइन्छ ।