शिक्षा मन्त्री पाेखरेललाई काेराेना देखियाे, स्वास्थ्य अवस्था सामान्य

मूलखबर संवाददाता
काठमाडौं

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ ।

उनकाे सचिालयले पाेखरेललाई काेराेना संक्रमण देखिएकाे जानकारी दिएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे पनि बताइएको छ ।

मन्त्री पाेखरेलकाे सचिवालयले सामाजिक सञ्जालमार्फत साे जानकारी दिँदै लेखेकाे छ । –

माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल ज्यूलाई कोभिड-१९ पोजेटिभ देखिएको हुँदा केही दिनदेखि उहाँको सम्पर्कमा रहनु भएका सम्पूर्ण साथीहरु सतर्क र सुरक्षति रहन अनुरोध छ।
हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गर्दछु।

Giriraj Pokharel
माननीय शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रीज्युको सचिवालय