नेपालमा कोरोना : काठमाडौंमा २६७२ सहित एकैदिन थपिए ५ हजार आठ जना, कहाँ कति ?

मूलखबर संवाददाता
काठमाडौं, २४ असोज ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नेपालमा आजसम्मकै धेरै पाँच हजार बढीमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राजधानी काठमाडौंमा २६७२ सहित देशभरका प्रयोगशालामा भएका परिक्षणबाट ५ हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गरिएको थियो । त्यसमा १८२३ महिला र ३१८५ पुरुष गरी ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमण दर २५।९२ प्रतिशत छ ।

नयाँ संक्रमिमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३ संक्रमित थपिएका छन् ।

तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८र४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६र३६ जना, काभ्रे र कैलालीका ३५र३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८र१८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२र१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११र११ जना, बारा, दैलेख र बझाङका १०र१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८र८ जना,म्याग्दी स्याङ्जाका ७र७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६र६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५र५ जना, इलाम, डडेलधुरा र डोटीका ४र४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३र३ जना, लमजुङ र रुकुम पूर्व २र२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा आजसम्म ३० हजार बढि सक्रिय संक्रमित मध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा संक्रमितमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् ।