अनसनको २४ औं दिनमा डा. केसीसँग वार्ता गर्न सरकारले बनायो शिक्षा सचिवको संयोजकत्वमा टोली

मूलखबर संवाददाता
काठमाडौं, २१ असोज ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १९ औं पटक अनशन बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा रहेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भोलिदेखि नै वार्ता थाल्न निर्देशन दिएको छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा केसी अनशनमा छन् । शिक्षण अस्पतालमा रहेका केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको चिकित्सकहरुले बताएका छन् ।
अनसनको २४ औं दिनमा सरकारले आधिकारीक रुपमा वार्ता टोली गठन गरेको हो । यस अघि चिकित्सकहरुले आन्दोलनको घोष्णा गरी बहिरंग सेवा मात्रै नभई सबै सेवा बन्द गर्ने चेतावनी दिएका थिए ।