दशैं भनेर जथाभावी नगर्नुस, कोरोना जोखीम अनियन्त्रीत छ : प्रबक्ता ज्ञवाली

मूलखबर संवाददाता
काठमाडौं, २१ असोज ।

सरकराले कोरोना महामारीको संक्रमण काठमाडौं उपत्यकामा अनियन्त्रीत हुँदै गइरहेकोकाले जथाभावी नगर्न निर्देशन दिएको छ ।
मन्त्रीपरिषदको निर्णय सावैजनीक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकरका प्रबक्तासमेत रहेका परराष्ट्रमनत्री प्रदीप ज्ञवालीले दशैंको नाममा जथाभावी चलखेल नगर्न पनि आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।