लघुकथा : प्रविधिको युग र सन्तान

मिरा राजभण्डारी
काठमाडौं

केही बर्ष अगाडिको कुरा । परदेशी भूमीमा हुँदा आफन्तको सम्झना खुब आउँछ कुरा गर्न मन लाग्छ । त्यस्तैमा एक दिन सम्झनालाई आफ्नो आफन्तसँग कुरा गर्न मन लागेछ र सामाजिक सन्जालमा ति आफन्तीको नाम राख्दै खोजिन् तर भेटिनन् । अचानक उनकी छोरी अनलाइनमा देखियो उनी खुशी भइन् र ति आफन्तीका छोरीको मेसेन्जरमा कल गरिन् दुई पटक कल काटियो उनले सोचिन् व्यस्त भयो होला ।

केही क्षणपश्चात फेरी गरिन् बल्ल तेश्राे कलमा फोन उठ्यो । नानी, तिम्रो आमा सँग एकपटक कुरा गर्न मन लाग्यो भन्दै आग्रह गरिन्, उता बाट जवाफ आयो मम्मीको आफ्नै फेसबुकमा गर्नुस् , होइन, छैन आइडी देउ न सम्झनाको आग्रह । होइन, म बिजी छु म दिन सक्दिन आफ्नो मोबाइल भन्दै लाइन काटिन् ।

दुई तीन पल्ट पनि फोन दिन नमाने पछी भनिन् ल तिमी फेस बुक आइडी बनाइ देउ न तिम्रो ममको । च्यात्ठिदै जवाफ आयो, `सि ह्याज मास्टर्स डिग्री कान्ट सी मेक हर फेस बुक आइडी ? आइ ह्याब नो टाइम फोर दोज नटोरियस एन्ड युजलेस जब´ । एकै सासमा जवाफ आए पछी सम्झना अवाक भइन । हो त हगी आफ्नो आइडी त बनाउनु पर्छ नि भन्ने सोच्दै चुप लागिन् ।

केही बर्ष पछी उनी नेपाल फर्किन् र समय मिलाएर ति आफन्तीलाई भेट्न गइन । कुरै कुरामा भनिन् `होइन ऐले को जमानामा जाबो फेसबुक पनि डाउनलोड नगरेर कस्तो जुम्सो बस्नु भाको सम्झनाले हप्काउदै भनिन् ।´ होइन, मेरो मोबाइलमा फेस बुक भाईबर केही हुँदैन, राख्न मिल्दैन ।´

`हो र खोइ हेरम त´ सम्झनाले आफन्तीसँग मोबाइल मागिन र हेरिन् र हेरेको हेरयै भैइन् जमानाको साम्सुङ मोबाइल फोन मात्रा गर्न मिल्ने थियो मात्रा दुई हजारको । मन कुँडियो सम्झनाको डेढ लाख पर्ने एप्पल को आइफोन बोक्ने कठै ति सन्तानहरु जसलाई आमाको फोन कुन ब्रान्डको सम्म थाहा छैन । के सन्तान भन्ने जात त्यस्तै हो त ? सम्झना निरुत्तर ! प्रश्न आँफैसँग…