कोरोना : निरन्तर बढ्दो संक्रमण, २४ घण्टामा थपिए १९११, काठमाडौंमा ९४३, कहाँ कति थपिए ?

मूलखबर संवाददाता
काठमाडौं, १५ असोज ।

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ । हाल २१ ह्जार ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५७ हजार ३८९ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

कहाँ कति थपिए ?

संक्रमितमध्ये काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् ।

त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७र१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४र१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जनामा संक्रमण देखिएको छ ।

कालीकोटमा ७ जना, झापा र रामेछापमा ६र६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४र४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३र३ जना संक्रमित भेटिएका छन् ।

खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २र२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १र१ जना संक्रमित भएका छन् ।