नेपालमा कोरोना : जम्मा संक्रमित ७६२५८, निको ५५३३१, सक्रिय संक्रमित २०३९६, मृत्यु ४९१

मूलखबर संवाददाता
काठमाडौं, १३ असोज ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट हालसम्म ७६ हजार २५८ जना संक्रमित भएका छन् ।

मंगलबार स्वस्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको हो।

उनका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २० हजार ३ सय ९६ जना छन् भने ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै उनले पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए । पछिल्लो पटक मृत्यु भएकी शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।