भुकम्पबाट क्षतीको जानकारी आएको छैन : सिन्धुपाल्चोक सिडिओ

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायले अहिलेसम्म भुकम्पबाट क्षती भएको कुनै जानकारी नआएको बताएका छन् ।
बुधबार विहान ५ बजेर १९ मिनेटमा आएको ६ रेक्टरस्केलको भुकम्पले जनधनको धेरै क्षती पुर्याएको होला भन्ने देशव्यापी चिन्ताका बीच उनीहरुले हालसम्म कुनै क्षतीको जानकारी कतैबाट पनि नआएको स्पष्ट पारेका हुन् ।

बिहानैै ६ रेक्टरकाे भुकम्प : सिन्धुपाल्चोक केन्द्र

प्रहरी, आर्मी लगायतका टोली एलर्टमा रहेको सिन्धुपाल्चोकका सिडिओद्वारा जानकारी दिइएको छ भने अहिलेसम्म कुनै क्षतिको जानकारी नरहेको बताइएको छ । तर भुकम्पले लगातार पहिरोको क्षती व्यहोरेको सिन्धुपाल्चोकमा बाढी पहिरोको जोखीम भने बढाएको बताइएको छ ।