मैथिली टेलिसिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न

मूलखबर संवाददाता
धनुषा

डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेश द्वारा निर्मित मैथिलि टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो समपन्न भएको छ ।

भदौ १७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक सन्तोष लाल दासको अध्यक्षता तथा प्रदेश नं २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्य रहेको थियोे  । जिल्लाकाे औरहि गाँउपालिकाको वडा नं. २ स्थित देउरि परबाहामा सामाजिक दुरी कायम गरि कार्यक्रम भएको हो ।

कार्यक्रममा मिथिलाञ्चली टेलि सिरियलको प्रिमियर देखाईएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलाकार विनोदानन्दज्यू ले मिथिलाञ्चली टेलि सिरियलको विशेषताको विषयमा प्रष्ट पार्नुभएको थियो ।

त्यस्तै डिशहोमका सुपरभाईजर शिवराम मण्डलले डिशहोम नेटवर्क सदैव मैथिलि लोक कला संस्कृतिको पक्षमा रहि आएको र सदैब यसलाई संरक्षण एवं प्रवर्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवले विजय लक्ष्मी मिडिया फाउन्डेशनद्धारा बनिरहेको यो मैथिलि सिरियलमा प्रदेश २ सरकारको सदैब साथ र सहयोग रहने बताउनुभयो ।

उहाँले यस टेलि सिरियलमा देखाईएको कथावस्तुले समाजमा परिवर्तनको संदेश दिने विश्वास व्यक्त गर्नुभयो ।
विजय लक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालले प्रदेश सरकारको मुटु छुने काम गरेको बताउनुभयो । साथै मन्त्री यादवले यस प्रदेशका कलाकारहरुका लागी छिट्टै प्रदेशस्तरिय चलचित्र विकास बोर्ड स्थापना गर्न विधेयक पास भईसकेको जानकारि गराउनुभयो ।
मैथिलि टेलि सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुनेछ ।