जगदम्बाकाे रड गुणस्तरहीन प्रमाणित, विक्रिबितरणमा राेक
सरकारले शंकर समुह अन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित रड (फलामको डण्डी) बिक्रीवितरणमा रोक लगाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार सो कमपनीको रडको गुणस्तर परीक्षणमा गुणस्तर कमजोर पाइएपछि बिक्रीवितरणमा रोक लगाएको हो ।
विभागले शुक्रबार कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्रीवितरण नगर्न निर्देशन दिएको छ ।
विभागका अनुसार जगदम्बाले डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएको छ ।
विभागका अनुसार गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गरेकाे र मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाएएको हो ।
जगदम्बा स्टिलको लापरवाही : भाँचीने डण्डीले उपभोक्ता पीडित, कार्वाही र क्षतीपूर्तीको माग
उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो ।
कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले उक्त परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागले जानकारी दिएको छ ।