जगदम्बा स्टिलको लापरवाही : भाँचीने डण्डीले उपभोक्ता पीडित, कार्वाही र क्षतीपूर्तीको माग

मूलखबर संवाददाता
काठमाडौं, २८ साउन

आफूलाई नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दावी गर्ने जगदम्बा स्टिल्सले चरम लापवाही गरेको पाइएको छ । मानिसले जिन्दगीभरको कमाई हालेर घर बनाउन लाग्दा गुणस्तरीय सामान प्रयोग गर्न चाहन्छ । अझ घरको मेरुदण्ड भनेको घरमा प्रयोग हुने फलामे रड हो जसले घरलाई मात्रै होइन आफूलाई जुनसुकै विपत्तिबाट पनि बचाउन सकोस् । तर त्यही मेरुदण्ड कमजोर भयो भने मानिसले कति तनाब भोग्नु पर्दछ । हो त्यस्तै तनाव अहिले जगदम्बा स्टिलका छड प्रयोग गर्ने उपभोक्ताले भोग्नुपरेको छ ।

राजधानीको बनस्थली बोहोराटारमा घर निर्माण गरिरहनुभएका गोरखाका श्रीकृष्ण भट्टराईले जगदम्बा स्टिलस्का छड पिटक्क पिटक्क भाचिन थालेपछि त्यस्तै तनाबमा परेका छन् । ३ तलाको घर सम्पन्न गर्न लागिरहनुभएका भट्टराईले लक डाउनका बेला पनि नियमित निर्माण जारी रहेको घरमा साउन २८ गते विहान बेण्डीङ गर्न लागिएका १६ एमएमको रड पिटिक्क भाचिएपछि अन्य रडहरु पनि त्यसरी नै भाँचीए । रड मात्रै भाँचिएनन् रडसँगै उनको मन पनि भाँचियो । उनले आफूले रड ल्याएको डिलरमा फोन सम्पर्क गरेर रड भाँचिएको बारे जानकारी गराए, त्यसपछि कम्पनिको हेड अफिसमा पनि जानकारी गराए र प्राविधिक सहितको टिम आउने बताएपछि धैर्य गरे । प्राविधिक इन्जीनियरको टिम आएपछि उनीहरुकै सामुन्ने रड भाँचिएको देखाइयो र भनियो गुणस्तरप्रति शंका लाग्यो । तर कम्पनीका अधिकारी र इन्जीनियर प्राविधिकले आफ्नो सामान गुणस्तरीय भएको कुरा दोहोर्याउँदै बेण्डींग गर्न नजानेको आरोप लगाएर गए ।

पीडित भट्टराईले आफूले बनाएको घरमा प्रयोग गरिएको सम्पुर्ण डण्डीहरुमाथि अब शंका लागेको र विश्वास गर्न नसक्ने बताएका छन् । उनले आफू अब यस्तो घरमा बस्न नसक्ने र त्यो घर कम्पनीले लिइदिनुपर्ने माग गरेका छन् । कम्पनीले उचित न्याय दिनेतर्फ कदम नचाले आफू कानुनी उपचारमा जाने उनले बताएका छन् । भट्टराईसँगै निर्माणको ठेक्का लिएका अरुण पाण्डे र अन्य प्रत्यक्षदर्शीले सामान नै गुणस्तरहीन भएको बताएका छन् । छिमेकी प्रत्यक्षदर्शीले आफूले फलामको डण्डी काँचको डण्डी झैं भाँचिएको देख्दा आश्चर्यचकित भएको बताए । उनीहरुले कम्पनीले प्रयोग गरेको कच्चा पदार्थ देखि उत्पादन र गुणस्तरकुरा छानवीन गरी प्रतिवेदन सार्वजनीक गर्न र यसको कानुनी प्रक्रियाबाट छानवीन र कार्वाही गर्नुपर्ने बताए ।

स्थानिय नगर वडाका प्रतिनिधिहरुको सल्लाहमा पीडित भट्टराई नापतौल तथा गुणस्तर विभागले परिक्षण गरी सत्य तथ्य पत्ता लगाई कावाही र क्षतिपुर्ती हुनुपर्ने बताइरहेका छन् ।

घर निर्माणको काममा १० वर्षदेखि संलग्न ठेकेदार र कामदारहरुको भनाईमा अहिलेसम्म यसरी १६ एमएमको रड भाँचिएको पहिलोपटक देखिएको हो । अहिलेसम्म सो घरमा जगदम्बाको रड मात्रै ३० लाख भन्दा वढिको प्रयोग गरिसकेका पीडित भट्टराई अब आइन्दा आफूले जगदम्बा रड प्रयोग नगर्ने बताउँदै अरुलाई पनि प्रयोग नगर्न सुझाव दिन्छन् ।

यस अघि पनि जगदम्बा रडको गुणस्तरका विषयमा विभिन्न टिप्पणीहरु आउने गरेको तथा रड भाँचिएको समाचारहरु आएका थिए । तर कम्पनीले पावरको भरमा यस्ता प्रतिक्रियाहरुलाई कुल्चँदै आएको पीडितहरुको भनाई छ ।