कक्षा ११ को पाठ्यक्रम २७ वर्षपछि पूर्ण रूपमा परिवर्तन हुँदै, यस्तो छ विषय छनौटको आधार

मूलखबर संवाददाता
काठमाडौं, ६ भदौ ।

कक्षा ११ को पाठ्यक्रम २७ वर्षपछि पूर्ण रूपमा परिवर्तन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलका अनुसार यसबीचमा विषयभित्रका केही सामग्री मात्र परिवर्तन भएका थिए ।

विषय छनोटका आधार
साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न जिपिए १।६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । त्यसबाहेकका विषय अध्ययन गर्न जिपिए १।६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ भने कक्षा ११ मा विद्यार्थी भर्ना लिन शैक्षिक वर्ष २०७६ कै आधारलाई निरन्तरता दिइने भएको छ । यस्तै, परम्परागत शिक्षामा पनि गुरुकुल, मदरसा, गोन्पातर्फ कक्षा ११ मा विद्यार्थी भर्नाका लागि शैक्षिक वर्ष २०७६ कै भर्नाको आधारले निरन्तरता पाउने भएको छ ।

यस्ता छन् विषयका समूह
यसअघि कक्षा ११ र १२ मा ५–५ विषय पढाइ हुन्थे । नयाँ पाठ्यक्रमअनुसार ६–६ विषय पढाइ हुनेछन् । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य गरिएको छ । अन्य तीन ऐच्छिक विषय छनोट गर्नुपर्नेछ । आवश्यकताअनुसार एउटा थप ऐच्छिक विषय पनि पढ्न पाइने छ ।

ऐच्छिक विषयका चारवटा समूह बनाइएको छ । तीमध्ये तीनवटाबाट विद्यार्थीले एकरएक गरी तीन विषय छनोट गर्न पाउनेछन् । विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप २०७६ मा आमसञ्चार ऐच्छिक तेस्रो पत्रमा समावेश थियो, पछि संशोधन गरी ऐच्छिक चौथो पत्रमा राखिएको छ । यस्तै, पहिले ऐच्छिक तेस्रोमा रहेको कम्प्युटर विज्ञान ऐच्छिक दोस्रोमा राखिएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको संगठन ९प्याब्सन० नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा उभिएको छ भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०ले यसको विरोध गर्दै आएको छ । समय र परिस्थितिअनुसार पाठ्यक्रम हुनुपर्ने भएकाले त्यसलाई कार्यान्वयन गर्ने पक्षमा रहेको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए । हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले भने अहिलेको कठिन परिस्थितमा नयाँ पाठ्यक्रम कार्यान्वयन जटिल रहेकाले यस वर्ष रोक्नुपर्ने बताए ।

ऐच्छिक पहिलो पत्र
भौतिक विज्ञान, लेखा विधि, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बालीविज्ञान, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षा, मूर्तिकला

ऐच्छिक दोस्रो पत्र
जीव विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, वागबानी, खाद्य र पोषण, नृत्य, कम्प्युटर विज्ञान

ऐच्छिक तेस्रो पत्र
रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दु, फ्रेन्च, हिब्रु, अरेबिक, संस्कृत

चौथो ऐच्छिक पत्र
आमसञ्चार, गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानव अधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, प्रायोगिक कला, गायन, चित्रकला, रेशम खेती र मौरीपालन, सौन्दर्यकला र केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट, होटेल व्यवस्थापन
-नयाँ पत्रिकाबाट