नेकपाका ४ शिर्ष नेताले एकै स्वरमा भने-‘विवाद पदको लागि होइन एकता र रुपान्तरणको लागि हो’

मूलखबर संवाददाता
काठमाडौं, २१ साउन ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका चार शिर्ष नेताले पार्टीभित्रको अहिलेको विवाद पदका लागि नभई एकता र रुपान्तरणको लागि भएको स्पष्ट पारेका छन् । उनीहरु अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको बताएका हुन्।

बुधबार राजधानीको एक कलेजमा आयोजित अनौपचारिक पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रबक्ता नारायणकाजी श्रेष्ठले एकै स्वरमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले पार्टी विधि विधान र पद्धति मान्दिन भन्दा समस्या उत्पन्न भएको बताएका थिए । प्रचण्डले आफुहरुले ओलीको विरुद्ध नभई पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि विधान र पद्धतिमा सञ्चालन गराउन, विवेकले सत्ता सञ्चालन गर्ने परिपाटी बसाउन र मूल रुपमा पार्टीको घोषणा पत्र अनुरुप समाजवादको यात्रामा देशलाई लैजानको लागि अहिलेको संघर्ष गरेको बताए । उनले त्यसको बदलामा ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाएका थिए।

प्रचण्डले प्रतिक्रियावादीहरूले चुनावी गठबन्धन निर्माण गर्दादेखि नै फुटाउन र कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोजेको भन्दै अहिलेको विवाद पनि त्यसैको निरन्तरता भएको बताएका थिए ।
प्रचण्डले अहिलेको विवादको बारेमा स्पष्ट पार्दे भने मलाई कुनै पनि पदको लोभ छैन, म पद प्राप्ति होइन पद त्यागको लािग निरन्तर तयार भएको मान्छे हुँ, अहिले पनि मैले आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने गरी भएको सहमतिलाई त्याग गरी पार्टी एकताको पक्षमा ओली जीलाई ५ वर्षै प्रधानमन्त्री चलाउन दिएको हो तर उहाँले त्यसैलाई अहंकार र दम्भमा बदल्नुभयो ।

उनले आफूले कहिल्यैपनि पार्टी उकताको विक्षपमा नबोलेको र गतिविधि नगरेको सपष्ट पारे । उनले भने यदि मैले पनि माओवाद जिन्दावादको नारा लगाएर सडकमा युवा विद्यार्थी उफारेँ भने त्यो पार्टी एकताको पक्षमा हुन्छ ? ओली जिले सचिवालय र स्थायी समितिको बैठक चलिरहेका बेला आफ्ना पक्षमा, जवजको पषमा सडकमा नारा जुलुस गराउनुभयो, नेकपा एमाले नामको पाटीृ निर्वाचन आयोगमा दर्ता गराउनुभयो । उनले जनताको बहदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवाद एवम् जनयुद्धबारे पार्टीको राजनीतिक दस्तावेजले उच्च सम्मान गर्दै तत्काललाई स्थगित गरी समाजवाद उन्मुख जनताको जनवाद कार्यदिशा तय गरेको स्पष्ट पारे ।

उनले पार्टीको सचिवालय, स्थायी समितिले नक्सा छापिनु पर्‍यो पटक पटक निर्देशन दिएर नक्सा छापेकोमा प्रधानमन्त्रीले जस लिने र अरुलाई आरोपित गर्ने काम गरेको बताए । उनले भने नक्सा छाप्नु भनेर जसले भने, पार्टी कमिटीबाट निर्णय गराए उनीहरू दलाल हुने ? अन्तिममा सचिवालयको बैठकमा नीति कार्यक्रममा हाल्नै पर्‍यो भनेपछि हाल्नेचाहिँ महान राष्ट्रवादी ?

बरिष्ठ नेता माधव नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुने बताए। उनले विधानको धारा ६० मा स्पष्ट रुपमा बहुमतको आधारमा निर्णय लिइने कुरा उल्लेख भएको बताए । उनले पार्टी विधान अनुसार बहुमतको निर्णयमा अगाडि वढ्ने र निर्णयमा चित्त नबुझेमा अध्यक्षले समेत नोट अफ डिसेन्ट लेख्न सक्ने बताए।
नेता नेपालले ओलीको नाम नलिइकनै म सबै हो भन्ने मान्यताले एकीकरणको काम पुरा हुन सकेको छैन। हामी भन्ने भावनाको विकास नगर्ने, बैठक बस्न आनाकानी गर्ने बैठकसँग डराउने, बैठक भइहालेपनि विषयमा गम्भीरतापुर्वक छलफल नगर्ने आदी कारणले नेतृत्व पार्टी विधि विधान र पद्धतिमा नचलेकोले रुपान्तरण हुनुपर्ने बताए । उनले भने,ुपार्टी विधि र नीतिबाट चल्छ। कम्युनिष्ट पार्टीको सदस्य कमिटी प्रणालीअनुसार चल्नुपर्छ।

प्रधानमन्त्रीले पार्टीलाई नोक्सान मात्रै पुर्‍याएको र चरम व्यक्तिवादमा फसाएको समेत उनले आरोप लगाए। आफ्ना गल्ती लुकाउन अरूलाई हिलो छ्यापेकोसमेत उनको आरोप छ। 
माधव नेपालले जोड दिएर भने यो पद र सुविधाको लडाइँ होइन। पार्टीलाई गतिशील बनाउले लडाइँ हो, उनले भने, जनतामा आशा र विश्वास जगाउने लडाइँ हो। बहुमतले जे भन्छ त्यही गर्नुपर्‍यो, त्यही छलफल गर्नुपर्‍यो।

त्यसैगरी बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले पुरानो ढर्राको संसदिय व्यवस्था झै प्राइम मिनिष्टर इज अल इन अल जस्तो मनमौजि तरिकाले सरकार चलाएको बताए । उनले भने ओलीजिको नियतै खराब देखियो । उनले ओली नवउदारवाद, बुर्जुवा पुँजीवादतिरै ढल्किएको आरोप लगाए।

उनले थप व्याख्या गर्दै भने यो सरकारले अढाइ वर्ष सरकारको नेतृत्व गर्‍यो। विकास, निर्माण गर्ने हो भने यो समयमा नेतृत्व लिन सकिन्छ। दुई(चार महिना, एक वर्षमा केही गर्न सकिँदैन। अढाइ वर्षमा जति पनि गर्न सकिन्छ,ु उनले भने,ुहामीले तीनवटा बजेट ल्यायौं एउटा बजेटमा राम्ररी तयारी भएन कि भनेर शंकाको लाभ दिन सकिन्छ। तर, तीन वटा बजेट आइसक्यो, खै अग्रगति, खै समाजवादमा जाने कार्यक्रमरु समाजवादको के नीति आयोरुु

पुर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले ओलीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरूलाई सडक छापको दर्जा दिएको भन्दै खनालले आक्रोश पोखे।

प्रधानमन्त्री निर्वाचित भइसकेपछि ओलीले पार्टीका नीति, संसदीय दल, घोषणापत्र केहीलाई पनि वास्ता नगरेको उनले बताए। प्रधानमन्त्री ओलीले भ्रष्ट, दुर्गन्धित मानिसहरूलाई नियुक्ति दिन थालेको भन्दै खनालले आक्रोश पोखेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको विवाद यो पदको नभई विचारको भएको बताए। उनले समाचारको लािग भेटघाट नभएको बताउँदै विषयवस्तुबारे जानकारी दिन आवश्यक ठानेर भेटघाटको आयोजना गरिएको बताए ।

उनले भने ‘यो विचारको बहसको हो। पार्टी र मुलुक कसरी चलाउने भन्नेबारेको बहस भएकाले यसलाई पदसँग मात्र जोड्नु हुन्न,’ । उनले आफूहरु एकता बचाउन, संस्थागत गर्न, नेतृत्वलाई रुपान्तरण गर्न र पार्टीलाई विधि विधान र पद्धतिमा संञ्चालन गर्न बैठक आवश्यक भएको र त्यसको लािग सबैले दबाब दिन आवश्यक रहेको बताए । स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए।