प्रहरी मुख्यालयका ३६ जनामा कोरोना : देशैभर प्रहरी निकायमा संक्रमण विस्तार हुँदै

मूलखबर संवाददाता
काठमाडौं, १४ साउन ।

विश्वव्इापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालको सुरक्षा निकामा पनि तिब्रतामा फैलिन थालेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।

कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

स्याङजाको जिल्ल प्रहरी कार्यलयमा कार्यरत ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यस अघि नै विराटनगरस्थित पुर्वि मुख्यालयमा कार्यरत ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । केही महिना अघि राजधानीको कालीमाटिस्थित प्रहरी चौकीका सइरसहितका दुई प्रहरी जवानमा कोरोना देखिएपछि केही समय कालीमाटी प्रहरी चौकी नै सिल गरिएको थियो ।