सुनको मूल्य प्रतितोला ९७ हजार ५०० पुग्याे, बिक्री गर्नेकाे चाप
सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला रु.९७ हजार ५०० पुगेको छ।
आइतबारको तुलनामा साेमबार प्रतितोला रु.१ हजार २०० ले बढेको हो। आइतबार प्रतितोला रु.९६ हजार ३०० थियो। नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोभिड–१९ को असरले निरन्तर बढ्दै गएको सुनको मूल्य अझै स्थिर हुन सकेको छैन्।
कोभिडको प्रभावका कारण आफ्ना आवश्यकता परिपूर्ति गर्न वा भैपरी आउने आर्थिक समस्या टार्न तथा महंगो भएको बहानामा सुन बिक्री हुन थालेको छ। अहिले सुन किन्ने भन्दा बेच्ने धेरै हुन थालेको अध्यक्ष शाक्य बताउँछन्।
उनका अनुसार पछिल्लो समय चीन र अमेरिबाबीच द्वन्द बढेकोले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको अनुमान छ। लगानीकर्ताले आफ्नो सम्पती जोगाउने र संचय गर्ने माध्यम सुनलाई नै बनाउँछन्। त्यसैले सुनको भाउ बढेको बुझाई शाक्यको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै आइतरबार प्रति औश १९ सय १ डलर थियो। सोमबार १९ सय ३१ डलर पुगेको छ। प्रति औसमा २ लाख ६७ लाख अर्थात ३१.१० ग्राम हुन्छ। शाक्य भन्छन्, “असार १ देखि खुला भएको नेपाली बजारमा सुनको कारोबारपछि दैनिक किन्नेभन्दा बिक्री गर्न आउने बढेको बढ्यै छन्।”
त्यहीकारण व्यवसायीलाई समस्या हुन सक्ने अनुमानका आधारमा बजार नै ढिलो खुल्ने र छिटो बन्द हुने गरेको छ। सामान्य अवस्थामा बिहान ११ बजे खुलेर बेलुका ६ बजेमात्रै बन्द हुने सुन पसल अहिले १ बजे खुल्ने र ५ बजे नै बन्द हुने गरेको शाक्य बताउँछन्।
त्यस्तै, सोबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी एकै दिन रु.१०५ ले बढेर तोलामा १२ सय १० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।