शर्त पुरा नभएको भन्दै यातायात व्यवसायी महासंघले गर्यो गाडी नचलाउने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २६ असार ।

आफ्ना पुर्व शर्तहरु पुरा नगरिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताउनुभयो ।

असार २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका उपाय अपनाउँदै काठमाडौं उपत्यकाका तीनै जिल्ला र बाहिर जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

साँढे तीन महिनापछि खुल्दै सार्वजनीक यातायात : भाडा वृद्धि, यात्रुलाई मास्क, ढोकामा सेनिटाइजर

बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायत माग यातायात व्यवसायीहरुको माग छ ।

आजबाट यातायात चल्ने अपेक्षमा बसेका सर्वसाधारणले व्यवसायीको यो निर्णपछि निरााश बनेको प्रतिक्रिया दिएका छन् ।