कोरोनाबाट बच्न हात मात्रै होइन स्मार्ट फोन पनि यसरी धुनुहोस्

मूलखबर संवाददाता
काठमाडौं, २ असार

अहिले महामारीका रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणका कारण मानिसले स्वस्थ रहन आफ्नो सरसफाइमा पनि ध्यान दिनुपर्ने कुरा विज्ञहरूले औँल्याएका छन्।

त्यसका लागि हात बेलाबेलामा धुनुपर्छ। त्यसबाहेक मानिसले प्रायस् जहाँ जाँदा पनि आफूसँगै लैजाने गरेको स्मार्टफोनलाई पनि सफा राख्नुपर्छ।

हातेफोनलाई कुनै क्षति नपुर्‍याईकन कसरी सफा गर्न सकिन्छ तरु

सूक्ष्मजीव वैज्ञानिकहरूले सामान्य साबुन र पानी प्रयोग गरेर फोन सफा गर्दा त्यसबाट कीटाणुको परिमाण घटाउन सकिने बताएका छन्।

हेर्नुहोस् फोन सफा गर्ने उपायहरु  :

सबैभन्दा पहिला फोन बन्द गर्नुहोस र खोल निकाल्नुहोस् ।

कुनै रसायन, ह्याण्ड जेल र खस्रो रमाल प्रयोग नगर्नुहोस् तीनले फोनको रक्षत्मक कभर विगार्न सक्छन् । सामान्य सावुन पानीले सफा गर्न सकिन्छ ।

माइक्रोफाइबरले बनेको नरम कपडा भिजाएर पुछ्न सकिन्छ । त्यसले सतहमा विस्तारै पुछ्नुहोस् ।

इयर फोन राख्ने ठाउँ, चार्ज गर्ने प्लग, स्पिकरका प्वालहरुमा पानी नपार्नुहोस् ।

अन्तिममा त्यही कपडाले पुछेर सुख्खा पार्नुहोस । पुछ्दा डिस्प्ले स्क्रिनमा विस्तारे पुछ्नुहोस ताकी स्क्रिन नविग्रीयोस् ।