बागमती प्रदेश र प्रदेश ५ को आर्थिक वर्ष २०७७/०७८ बजेटमा यस्ता छन् प्राथमिकता

मूलखबर संवाददाता
काठमाडौं, २ असार

बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपियाँको बजेट ल्याएको छ ।
सार्वजनिक बजेटको ५१।१२ प्रतिशत अर्थात् २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार चालु र ४८।८८ प्रतिशत अर्थात् २५ अर्ब १४ करोड एक लाख ५९ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।
मन्त्री ढुङ्गेलले चालु आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपियाँको बजेट ल्याउनुभएको थियो ।

बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपियाँ अर्थात् ५१ प्रतिशत, पुँजीगतर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् एक प्रतिशत विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ५० प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको छ ।

गत वैशाख महिनासम्ममा चालु आर्थिक वर्षको लागि विनियोजन भएको कुल बजेटको २४।१८ प्रतिशत अर्थात् समष्टिगत रुपमा ११ अर्ब ५० करोड ८७ लाख ३६ हजार पाँच सय रुपियाँ खर्च गरेको बाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाले जनाएको छ ।

बाग्मती प्रदेश सभाको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान ९बजेट० प्रस्तुत गर्दै कोभिड १९ ले मानवीय सङ्कटसँगै आर्थिक गतिविधि प्रभावित बनाएको बताउनुभयो ।

उहाँले कोभिड(१९ ले विकासको परम्परागत अवधारणामा परिवर्तन ल्याएको र रुपान्तरण आवश्यक भएको भन्दै समग्र विकास पद्धति र सामाजिक आर्थिक विकासको अभ्यासमा पुनःविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभयो । अब नेपालले विकास र समृद्धिका लागि आफ्नै श्रोत, साधन र श्रम प्रयोग गर्नु आवश्यक भएको छ उहाँले बजेट सार्वजनिक गर्दै भन्नुभयो ।

सङ्घीय सरकारले कर र सरकारका स्रोतहरू घट्ने भएपछि बजेटको आकार घटाएर बजेट ल्याएकोमा प्रदेश सरकारले बजेटको आकार बढाउँदै सार्वजनिक बजेटमा प्रदेश सरकार गठन भएपछि बाग्मती प्रदेश सरकारको यो तेस्रो पूर्ण बजेट हो । आर्थिक वर्ष २०७४र०७५ मा तीन महिनाको लागि बजेट ल्याएको थियो । आर्थिक वर्ष २०७५र०७६ को बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपियाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले करिब ६१ प्रतिशत मात्र खर्च गरेको थियो ।

आगामी आर्थिकका लागि अनुमान गरिएको खर्च व्यहोर्न कर राजस्वबाट २० अर्ब ८३ करोड ७९ लाख रुपियाँ, अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब छ करोड नौ लाख अन्य राजस्वबाट पाँच अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सात अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री ढुङ्गेलले आगामी आर्थिक वर्षमा राजस्व परिचालन गर्न कोरोना सङ्क्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समाजोजन, छुट तथा सहुलियत प्रदान गर्ने नीति लिएको बताउनुभयो ।

यस्तै प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई करका संरचना तथा दरहरूलाई समय सापेक्ष बनाउँदै करको दायरा फराकिलो बनाउने, प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई व्यावसायिक दक्ष, सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गर्ने, राजस्व चुवाहट नियन्त्रण गर्ने र विद्यमान कानुनी व्यवस्थाअनुसार प्रदेशका कर एवम् गैरकरका क्षेत्रहरूको अध्ययन गर्न विज्ञसहितको कार्य दल गठन गरी प्रदेश सरकारको स्रोतहरूको खोजी गर्ने नीति दिइएको छ ।

उहाँले चालु आर्थिक वर्षको बजेट अनुसार योजना तथा कार्यक्रमहरू अपेक्षित गतिमा कार्यान्वयन गर्न नसकेको बताउँदै बजेट कार्यान्वयन गर्नै लाग्दा पछिल्लो समयमा कोभिड(१९ ले सिर्जना गरेका भयपूर्ण वातावरणका कारण विकासका कार्यक्रम स्थगित भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटको तुलनामा ६२।६४ प्रतिशत अर्थात् २९ अर्ब ८२ करो ८५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो । यस्तै चालु आर्थिक वर्ष राजस्व परिचालन लक्ष्यको तुलनामा छ अर्ब ४१ करोड ५१ लख न्यून भई १६ अर्ब ३७ करोड ९७ लाख रुपियाँ हुने संशोधित अनुमान गरिएको छ ।

प्रदेश ५ को प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो ।

बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा कोभिड(१९ बाट उत्पन्न आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नेलगायत चार उद्देश्य र स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विस्तार गरी स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच वृद्धि गर्नेलगायत सात प्राथमिकता रहेको बताउनुभयो ।

गत वर्ष प्रदेश सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटअन्तर्गत चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् कुल बजेटको ३४ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख अर्थात् ५१ दशमलब २२ प्रतिशत रहेको छ ।

मुख्यमन्त्री पोखरेलले स्थानीय तह वित्तीय हस्तान्तरण कार्यक्रमतर्फ पाँच अर्ब १४ करोड ५० लाख रुपैयाँ छुट्याएको जानकारी दिनुभयो । वित्तीय हस्तान्तरणको अंश कुल विनियोजित बजेटको १४ दशमलव १४ प्रतिशत रहेको छ ।

उहाँले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका कारणले यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान गरिएको बताउनुभयो । त्यसैगरी, चालु आर्थिक वर्षमा प्रदेशको कृषि क्षेत्रको आर्थिक वृद्धिदर २।८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको मुख्यमन्त्रीको बजेट भाषणमा उल्लेख छ ।

मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक श्रोत र राजस्ववाट दुइ अर्ब तीन करोड ७५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड दुइ लाख र रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख र सशर्त अनुदानबाट पाँच अर्ब ८८ करोड ३६ लाख, समपुरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालू आर्थिक वर्षको बचत रकमबाट सात अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।