
‘शिरमा फूूल’ बजारमा : सन्ताेषकाे संगित, मिनाकाे मधुर स्वर
काेराेना कहरका बीच शिरमा फूल नामक भिडियो गित बजारमा अाएकाे छ ।
मिना कार्कीको स्वर, प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीत ‘शिरमा फूल’ युट्युबमार्फत संगितकाे बजारमा अाएकाे हाे ।
देवेन्द्र नेवाःको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङमा रहेको गीतको भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ ।
पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल…’को अडियो भिडियो सार्वजनिक गरिएको हो ।
देवेन्द्र नेवाःको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङमा रहेको गीतको भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ ।
उत्सव दाहालको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको छ गीतको भिडियोमा । एभरेष्ट ग्यालरीको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।
यो गीत आधुनिक गीति एल्बम ‘सदिक्षा’ मा रहेको छ । ‘सदिक्षा’ कोरोना सङ्क्रमणका कारण औपचारिक सार्वजनिक हुन सकेको छैन ।
सहज वातावरणमा सदिक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिने सङ्गीतकार सन्तोषले जनाकारी गराए ।
https://m.youtube.com/watch?v=jxTUxpkxoAY&feature=youtu.be#dialog
