काेराेनाविरुद्ध खाेपका लागि २० लाख डलर सहयोग गर्ने कतारकाे घाेषणा
कतारले महामारीविरुद्ध खोप र खोपका लागि विश्वव्यापी गठबन्धनका लागि २० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
कतारी अमीर तमीम बिन हमद अल थानीले बिहीबार गठबन्धनको भिडिओ सम्मेलनको क्रममा यस्तो घोषणा गरेका हुन् । गठबन्धनको सम्मेलनले आवस्यक औषधि र मेडिकल उपकरण सबै देशमा पुर्याउने काममा एकजुट भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।
साथै कोरोनाभाइरस विरुद्धको संघर्षको क्रममा कतारले विश्व स्वास्थ्य संगठनलाई सहायता गर्ने जनाएको छ । कतारका अमीरले सम्मेलनमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘कोभिड १९ महामारी समग्र मानव जातिका लागि एक अभुतपूर्व चुनौती र खतरायुक्त छ । खोपको अभावमा कतिपय देशले दुईवटा छनोट गर्नुपरेको छ, तर ती दुबै छनोट तिता छन् । अर्थव्यवस्थालाई आशक्त पार्ने गरी लकडाउनको निरन्तरता वा अर्थतन्त्रलाई जोगाएर मानव जीवन जोखिममा राख्नु,’ कतारी अमिरले भनेका छन् ।
कतारी अमीरले महामारीका बीचमा २० भन्दा धेरै देशमा मेडिकल सहायता उपलब्ध गराएका छन् । अमीरले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गठबन्धन देशको भिडिओ कन्फ्रेन्स आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए । Source : Arab News