काेराेना त्रासले फेरि राेकियाे नेकपा स्थायी समिति बैठक

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल  नेकपाकाे स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । लामाे समयपछि अाज फेरि बस्ने भनिएको बैठक काेराेना त्रासका कारण देखाउँदै अचानक स्थगित भएको हाे ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी  गराएकाे हाे । नेकपाका संघिय सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारणले काेराेना त्रास देखाउँदै बैठक स्थगन गरिएको हाे ।

यसअघि २६ गतेका लागि डाकिएकाे स्थायी समिति बैठक अध्यक्ष तथा प्रधानमन्त्री के पी अाेलीका कारण स्थगित गरिएको थियाे ।