कपिलवस्तुमा १० नयाँ संक्रमित भेटिए, जम्मा १२० पुग्यो
नेपालमा कोरोना संक्रमण बढ्दो गतिमा देखिएको छ । आज विहान मात्रै कपिलवस्तुमा १० जना नयाँ संक्रमीत पुष्टि भएसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० जना पुगेको छ ।
आज विहान काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परिक्षणको रिपोर्ट अनुसार १० जनाको स्वाबमा कोभिड १९ पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।