पिसिआर-१५४९२ को र आरडिटी-५४५३१ को परिक्षण, संक्रमित १०२, निको २२ जना

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख ।

विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को प्रकोप नेपालमा पनि फैलिइरहेको छ ।

नेपालमा परिक्षण नै कम भएको गुनासो आइरहेका बेला स्वास्थ्य मन्त्रालयले हालसम्म पीसीआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडीटी प्रविधिबाट ५४ हजार ५३१ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८५९ वटा परीक्षण भएका छन् । हालसम्म १५ हजार ६२४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १३५ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमासो जानकारी गराइएको हो ।

तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोनाभाइरस संक्रमित फेला परेका छैनन् ।

कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।