संघिय संसदको बजेट अधिबेशन शुरु

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख ।

संघिय संसदको बजेट अधिबेशन आजबाट शुरु भएको छ । राष्ट्रपतिबाट आएको सूचना जानकारी गराएर सभामुख अग्नीप्रसाद सापकोटाले अधिवेशन शुरु गरेका हुन् ।
संघिय ससदका सबै सदस्य र कर्मचारीहरुको स्वाब टेष्ट गरी संसद सुचारु गरायएको जनाइएको छ ।
बैठकको शुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गरेका थिए । उनले सरकारले अध्यादेश ल्याएर गल्ती गरेको बताउँदै फिर्ता गरेर ठीकै गरेको बताउँदै सबै मिलेर कोरोनासँग लड्नु पर्ने बताएका थिए ।