विरगञ्जमा १७ जना संक्रमित थपिए, २ महिनाको बच्चादेखि ६६ वर्षसम्मका संक्रमित, जम्मा ९९ पुग्यो

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, २४ बैसाख
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा पनि तिबै देखिएको छ । परिक्षणको दायरा फराकीलो बनाउँदै जाँदा संक्रमितको संख्या पनि दैनिक दर्जनको हाराहारीमा बढेको हो ।

आज मात्रै विरगञ्जमा १७ जना नयाँ संक्रमित थपिएका छन् । विरगञ्जमा गरिएको पिसिआर परिक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी स्वास्थ्य मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा दिइएको हो ।

जानकारी अनुसार आज भेटिएका संक्रमितहरुमा २ महिनाको बच्चादेखि ६६ वर्षका वृद्धसम्म रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या करिब सय अर्थात ९९ पुगेको छ ।

आज मात्रै सरकारले १० दिन लकडाउन थप गर्ने निर्णय गरेको छ ।