छैठौंपटक थपियाे लकडाउन : जेठ ५ सम्म लम्बाउने मन्त्रीपरिषद्काे निर्णय

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा छैठाैपटक लकडाउन थपिएको छ । यससँगै लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । लकडाउनकाेे ४४ अाै दिनमा  बुधबार अपरान्ह बालुुुुवाटार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । उपचारपछि घर फर्केका संक्रमितकाे संख्या २२ भएको छ ।