नेकपा सचिवालय बैठक ढिलो गरी शुरु, प्रचण्ड र ओलीको संयुक्त अध्यक्षता
सत्तारुढ दल नेकपाको सचिवालय बैठक ढिलो गरी शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अपरान्ह ४ बजेका लागि आव्हान गरिएको बैठक २ घण्टा भन्दा वढि ढिला गरी शुरु भएको हो ।
आजको बैठक अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको छ । यस अघि पनि संयुक्त अध्यक्षता भनिएपनि प्रचण्डलाई सदस्यको लाइनमा राखीएको कुर्चीमा राखीएको थियो भने आजको बैठकमा अध्यक्षको रुपमा ओली सँगै राखीएको तस्विर सार्वजनीक गरिएको छ ।
आजको बैठकबाट पार्टीभित्रको विवाद हल गर्ने गरी मोडालिटि निर्माण हुने अपेक्षा गरिएको छ ।