सचिवालय बैठक पर सार्दै किन गए प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न ?
काठमाडौं, २० बैसाख ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक तोकिएको समयमा शुरु हुन सकेको छैन । बैसाख १७ गते स्थगित भएको बैठक आज २० गते बस्ने भनिएको थियो । आज विहान ४ बजे बस्ने गरी निर्णय भएको बैठकको समय ६ बज्दासमेत शुरु भएको छैन ।
सचिवालय बैठक प्रधानमन्त्री ओलीका कारण पर सर्दै गएको देखिएको छ । सचिवालय बैठक पर सारेर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न गएपछि सचिवालय बैठक नै अन्यौलमा परेको छ ।
प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका छन् । पार्टी सचिवालयको बैठक स्थगन गरेर ओली राष्ट्रपति भेट्न गएका हुन् ।
नेकपाको आन्तरिक विवादमा राष्ट्रपति मुछिएको भन्दै आलोचना भइरहेका बेला ओलीको शीतल निवास आउजाउ बाक्लो भएको छ । अध्यादेश प्रकरणपछि मात्र ओलीले तीनपटक राष्ट्रपति भेटिसकेका छन् ।